राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १३ देखि

तस्बिर : वेभ

काठमाडौं । पश्चिम नवलपरासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म  राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ को आयोजना हुने भएको छ । 

कृषि,  पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहद् प्रदर्शनी हुने मेला पश्चिम नवलपरासीको सदरमुकाम परासीमा तयारी गरिएको आयोजक उद्योग वाणिज्य सङ्घ नवलपरासीले जनाएको छ । 

स्थानीय उत्पादन र पर्यटक प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखी मेला सञ्चालनको तयारी गरिएको  सङ्घका महासचिव गिरीराज पाण्डेले जानकारी दिए  । 

मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधि गरी करीब दुई सयभन्दा बढी स्टल रहनेछन् । सो मेलाका अवसरमा करीब रु पाँच करोड बराबरको आर्थिक कारोवार हुने लक्ष्य लिएको आयोजकको दाबी छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर