पर्यटनमन्त्रीको योजना सफल हुँदै : ज्येष्ठ नागरिकले अब ५ सय रुपैयाँमा प्लेन चढ्न पाउने

काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ हवाई भाडामा नै सेवा दिने भएको छ । 

कम्पनीले यही  असोज १२ गते घटस्थापनाको दिनदेखि नै यो सेवा प्रदान गर्ने जनाएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अघि सारेको वार्षिक योजनाको कार्यान्वयन स्वरुप श्री एयरलायन्सले यस्तो छुट सुविधा दिने भएको हो । 

त्यस्तै, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई भने इन्धन र करबाहेकको भाडामा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्धक अनिल मान्धरका अनुसार प्रतिउडान २ जना जेष्ठ नागरिकले यो सुविधा प्राप्त गर्नेछन् ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर