कसले खोल्यो मन्त्री दुलालको तस्बिरसहितको नक्कली फेसबुक अकाउन्ट ? 

शंकास्पद खबर आएमा खबर गर्न मन्त्री दुलालको अनुरोध

काठमाडौं । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ को नामबाट सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट खोलिएको छ । केहीदिनदेखि मन्त्री दुलालको नामबाट फेसबुकमा विभिन्न म्यासेज र रिक्वेस्ट आउन थालेपछि मनत्री दुलालले सचेत समेत गराएका छन् । 

प्रदेश ३ का युवा तथा जागरुक नेतासमेत रहेका दुलालको तस्बिर प्रयोग गरि अकाउन्ट खोलिएको छ । मन्त्री दुलालले आफ्नो आधिकारिक फेसबुक प्रोफाइल र पेज अर्कै भएकाले त्यस्तो कुनै शंकास्पद खबर आएमा आफूलाई खबर गर्नसमेत अनुरोध गरेका छन् । 

आफ्नो आधिकारिक फेसबुकमा मन्त्री दुलालले भनेका छन्–‘मेरो तस्बिर राखेर फेक आइडीबाट मेसेज र फ्रेण्ड रिक्वेस्टण् गएको धेरै साथिबाट सुचना आयकोले मेरो आधिकारिक फेसबुक प्रोफाईल यही र फेसबूक पेज बाहेक अरु कुनै एक्टीभ नभयको जनकारी गर्दै कुनै तेस्तो शंकास्पद कुरा आएमा खबर गरिदिनु हुन अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर