• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 01:07 am

नेपालीको एकता र सद्भावलाई कसिलो बनाउँछ– मन्त्री कार्की

विराटनगर । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको एकता र सद्भावलाई कसिलो बनाउन चाडपर्वले योगदान दिएको बताएका छन् । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मन्त्री कार्कीले यस प्रदेशमा कानून निर्माणमा उल्लेखनीय काम भएको प्रष्ट पारे ।

उनले निर्माण भएका कानूनबाट प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै प्रदेश सरकारले सहमति र सहकार्यको बाटो रोजेको बताए । मन्त्री कार्कीले विगतमा कानून, संरचना र कर्मचारीको अभावले गर्दा आशातित उपलब्धि हासिल गर्न नसकेपछि चालू आर्थिक वर्षमा सरकारले उल्लेखनीय प्रगति हासिल गर्ने उद्देश्यका साथ काम गरिरहेको धारणा राखे । ‘‘प्रदेश सरकारले संसद्को सर्वोच्चतालाई कायम गर्दै जनशक्ति र अनुभवको अभ्यासबाट प्रदेशलाई समुन्नत बनाउने सरकारको सङ्कल्प छ’’, मन्त्री कार्कीले भने ।    

नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सरकारले कानून निर्माण गरेसँगै अनुगमनको पाटोलाई विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरे । उनले सरकारले आफ्नो हितमा मात्र नभएर सबैको हितमा काम गर्न सुझाव दिँदै नेपालीका महान् चाड दशैँका अवसरमा सबैलाई शुभकामना दिए ।    

सङ्घीय समाजवादी फोरम नेपालका जयराम यादवले बजेट वितरण गर्ने प्रणालीमा सरकारले सुधार गर्नुपर्ने सुझाव दिँदै चाडपर्वका अवसरमा विराटनगर महानगरपालिकाको अवस्था नाजुक भएकाले सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्दिरा राईले प्रदेश सरकारले साना दललाई पनि सम्मान दिएकाले प्रदेश सरकारलाई धन्यवाद दिँदै बडा दशैँको शुभ अवसरमा सबैको सुख शान्तिको कामना गरे । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले सरकारको नारा मीठो र रसिलो भएअनुसार काम गर्नुपर्ने तर्क गरे । यसअघि प्रदेशसभा नियमावली २०७४ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज सावाँ लिम्बूले वार्षिक प्रतिवेदन सदनमा पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वास्थ्यकर्मी माथि हुने आक्रमणको कर्णालीमा विरोध

  • १९ जेठ, २०७७

सुर्खेत । देशभरिका स्वास्थ्यकर्मीहरुमाथि विभिन्न बहानामा हुने आक्रमणको कर्णालीमा विरोध भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले

कार्णालीमा थपिए ३५ जना संक्रमित

  • १९ जेठ, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कर्णालीमा मात्र संक्रमण हुनेको संख्या २ सय ३३ पुगेको छ ।  दैलेखमा ९८,

प्रदेशसभा सदस्य पन्थीको प्रश्न : नीति तथा कार्यक्रममा शहिद परिवारप्रति किन सम्बोधन नगरेको ? 

  • १९ जेठ, २०७७

काठमाडौं । प्रदेश पाँचका प्रदेशसभा सदस्य दिनेश पन्थीले कोरोना महामारीबाट संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सरकारले ल्याएको