पाल्पामा टेलिकमको टावरले काम नगर्दा स्थानीयलाई सास्ती

पाल्पा । देशको अधिकांश ठाउँहरुका सञ्चारको पहँुच बढिरहेको भएपनि पाल्पाका नागरिकहरु भने अझैसम्म पनि सहज रुपमा टेलिफोन सेवा लिनसमेत पाएका छैनन । पाल्पाको पश्चिम भेगको सत्यवतीमा रहेको नेपाल टेलिकमले करोडौ मूल्य लगाएर बनाईएको टावरले काम नगरेपछि स्थानीयहरु फोन गर्नका लागि डाडाँतिर जानुपर्ने बाध्यता रहेको छ ।

जिल्लाको पशिचम भेगको रैनादेवी छहरा गाउँपालिका भित्रका जुठा, बल्डेङगढी,  सत्यवती लगायतका क्षेत्रमा नेपाल टेलिकमको टावरले काम नगरेपछि स्थानीयले सास्ती खेप्नु परेको छ । केही वर्ष अघि सवा दुई करोडको लगानीमा निर्माण गरिएको टावरले काम नगरेपछि स्थानीयहरु टेलिकमको सेवाबाट बञ्चित भएका हुन ।

सत्यवतीमा केही वर्षअघि सञ्चालनमा आएको टेलिकमको टावरले सुरुवाती चरणबाटै काम नगरेपछि स्थानीयले सेवा लिन नपाएको गुनासो गरेका छन ।

बिजुली नभएको बेला टावरले काम नगरेपछि अर्घाखाचीको टावरको साथ लिएर फोन गर्न डाडाँ तिर जानु पर्ने बाध्यता रहेको स्थानीयको भनाई छ । रातीको समयमा र बिरामी हुदाँ फोनले काम नगरेपछि झनै समस्या हुने गरेको स्थानीय दिलकुमारी रेस्मीले बताईन् । रेस्मीले घरछेउमै भएको टावरले काम नगरेर फोन गर्नका लागि डाडातिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन  ।

टेलिकमको टावरको उपकरण जडानमा नेपाल टेलिकम पाल्पा र श्रेत्रीय कार्यालयले भैरहवाले लापरवाही गरेको कारण सेवा विस्तार हुन नसकेको सेवाग्रायीहरुले बताउँछन ।

यो टावर निर्माण हुनुभन्दा पहिलो एन सेलको टावरले काम गर्ने हुदाँ यस क्षेत्रमा एन सेलका प्रयोगकर्ताहरु धेरै रहेको भएपनि नेपाल टेलिकमको टावर राखेपछि एन सेललको टावरले समेत नटिपेपछि स्थानीयलाई झनै सास्ती भएको स्थानीय कोपीला रेस्मीले बताईन ।

नेपाल टेलिकम पाल्पाले भने भौगोगिक समस्या देखाउदै लामो समयसम्म विद्युत आपूर्ती हुन नसक्दामात्र सेवा प्रवाह नभएको जनाएको छ । नेपाल टेलिकम पाल्पाका प्रमुख सन्तोष भण्डारीका अनुसार टावरमा आएको समस्या छिटै समाधान हुने बताएपनि अहिलेसम्म समाधान हुन सकेको छैन । भण्डारीले असारको पहिलो सातादेखि टावरले पूर्ण रुपमा काम गर्ने बताएका थिए ।

आफ्नै गाउँमा टावर भएपनि पाँच सय मिटर वरपर पनि टावरले काम नगरेपछि स्थानीयलाई सास्ती खेप्नु परेको हो ।

टावर सञ्चालनमा आउन नसकेपनि स्थानीय सरकारले कुनै पहल गर्नसमेत नसकेको स्थानीयले बताएका छन । वर्षैदेखि टेलिफोन सेवा लिन नपाएका यस क्षेत्रका स्थानीयले टावर हेरेर अर्को टावरको साहारमा फोन गर्न बाध्य छन । द्दर अगाडकिो टावर हेरेरमात्र चित्त बुझाउन बाध्य यस क्षेत्रका बासिन्दाहरुले सरोकारवाला निकायको पहलमा टावर सञ्चालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर