• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 12:50 pm

सुँगुरको मासु खाँदा पाँचथरमा दुई कैदीको मृत्यु, दुईको अवस्था गम्भिर

पाँचथर । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । 

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ ।

बिरामी परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३/३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । उनको गए राति १२ बजेको समयमा ज्यान गएको न्यौपानेले जानकारी दिए । 

यस्तै मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९/३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दशैँको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ । शुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको न्यौपानेले जनाकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लागुऔषध ओसारपसार गर्ने २ युवती सहित ६ जना कारागार चलान

  • ७ फाल्गुण, २०७६

धनगढी । धनगढीमा लागुऔषध ओसारपसार गर्ने दुई युवती सहित छ जना कारागार चलान भएका छन्। गत मंसिर ५ गते धनगढीको बेल्स क्याफे नजिकैबाट दुई ग्राम छ सय ८०

संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव

  • ७ फाल्गुण, २०७६

बुटवल । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन । ५९ औं स्थापना दिवसका अवसरमा

प्रदेशको बनावट फेरिन सक्छ, बाँके–बर्दिया कर्णालीमा गाभिन्नँ : प्रचण्ड

  • ७ फाल्गुण, २०७६

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको