शिक्षा क्षेत्र पहिलो प्राथमिकता : सांसद बिष्ट 

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य ठम्मर बिष्टलाई शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको बताएका छन् । 

आफ्नो निर्वाचन क्षेत्रमा रहेको भेरी मावि गुर्भाकोट १० घुमखहरेमा उनकै पहलमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त ३ बर्षे बाली विज्ञान कक्षा सञ्चालनको जानकारी दिन विद्यालयमा  आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने–‘अब प्राविधिक धारको पढाइका लागि चितवन र काठमाडौ जानू पर्दैन ।’ साथै उनले कक्षा शुरु भएपछी विद्यालयको भवन र बजेट भौतिक पुर्वाधारमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । 

खासगरी निर्वाचन छेत्र गुर्भाकोट नगरपालिका र सिम्ता गापाका विधार्थिलाई विशेष प्राथामिकतामा राख्ने उनले वचन दिएका छन । आफ्नै घर नजिकै प्राविधिक शिक्षा लिन पाउनु सान्दर्भिक भएको उनले बताए । 

आगामी दिनमा बिएसी एजि पनि सन्चालन गर्ने पहल गर्ने उनले बताए । यहाँका बिधार्थिको प्राविधिक शिक्षा लिने बर्ष देखिको चाहना पूरा भएको उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर