बलात्कारको आरोपमा १४ बर्षीय बालक पक्राउ
धनगढी । धनगढीमा एक बालिकालाई बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् । उप–महानगरपालिकाको वडा नम्वर ४ उत्तरवेहडीमा १२ बर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ बर्षीय बालक पक्राउ परेका हुन् ।
शनिवार राती ९ बजे ठूली आमाको घरमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएका छन् । आफन्तले खबर गरेपछि १४ बर्षीय किशोरलाई उत्तरवेहडीबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
उनी फरार रहेको अवस्थामा पक्राउ गरिएको उनले बताए । बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ भने किशोरको अहिले स्वास्थ्य परिक्षण भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ।
प्रतिकृया दिनुहोस