समाचार दैनिककर्मी अधिकारी सम्मानित

चितवन । समाचार दैनिककी चितवन सम्वाददाता शान्ता अधिकारी सम्मानित भएकी छन् । चितवन युवा संघ अन्तरराष्ट्रिय समन्वय समिती नेपालले आज भरतपुरमा आयोजित छैंठो साधारण सभा तथा तेस्रो विश्व सम्मेलनको अवसरमा अधिकारीलाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान गरेको भन्दै अधिकारीलाई नगद ११ हजार १ सय ११ र सम्मान पत्र सहित सम्मान गरिएको समितीका सचिव गणेश ढकालले जानकारी दिए । 

उनलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश ३ का भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामा र समितीका अध्यक्ष मुक्ती प्रसाद अधिकारीले नगद र सम्मान पत्र सहित सम्मान गरेका थिए । प्रत्येक बर्ष चितवनको एक पत्रकारलाई सम्मान गर्दै आईरहेको समितीले यस पटक अधिकारीलाई सम्मान गरेको हो । 

यस्तै समितीले मानव सेवामा पुर्‍याएको योगदानको कदर गर्दै मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीलाई नगद १० हजार र सम्मान पत्र सहित सम्मान गरिएको छ ।समितीले चेपाङ बालबालिका संरक्षणको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गाँमबेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, बातावरणको क्षेत्रबाट वे ग्रुप र युवा प्रोत्साहनको लागि शालिकराम गैरेलाई सम्मान गरेको छ । यस्तै समितीमा रही उत्कृष्ट काम गर्ने कार्यसमितीकी कोषाध्यक्ष सिता ढकाल सम्मानपत्र र दोसल्ला सहित सम्मानित भएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर