• शुक्रबार ८-१२-२०७७/Friday 11-27-2020/ 05:55 am

कालंगा हाइड्रोको सुरुङभित्र फसेका तीनको शव फेला

बझाङ । बझाङमा निर्माणाधीन कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव फेलापरेको छ । सोमबार उद्धारका लागि गएको सशस्त्र प्रहरीको विशेष टोलीले सुरुङको प्रवेशद्वारबाट करिब एक किमि पर तीनओटा शव फेला पारेको हो ।

बुंगल नगरपालिकामा निर्माण भइरहेको सो हाइड्रोमा आइतबारदेखि चार मजदुर फसेका थिए । अर्का एक मजदुरको अवस्था अझै अज्ञात रहेको जनाइएको छ । सशस्त्रको उद्धार टोलीले तीन शव फेलापारे पनि शव भने बाहिर निकालिएको छैन । निकाल्ने प्रयास जारी छ । उद्धारकार्य भइरहेको छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चारजना र दिपायलबाट पाँचजना गरी ९ जनाको उद्धार टोली सोमबार दिउँसो घटनास्थलमा पुगेको थियो । आइतबार दिउँसो सुरूङभित्र पसेका ६ जनामध्ये दुईजना आइतबारै बाहिर निस्किएका थिए । सुरूङभित्र गएका दुईजना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका र चारजनाको अवस्था आइतबारदेखि अज्ञात रहेको थियो ।

सुरुङभित्र फस्नेमा दैलेखको गुराँस गाउँपालिका–३ घर भएका ३२ वर्षीय महेन्द्र शाही, सो ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षीय महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामी हुन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफूले गरेको विकास देखेर अन्य पार्टीका नेता कांग्रेस प्रवेश गर्न थाले अमरेश कुमार

  • ११ मङ्सिर, २०७७

जनकपुरधाम । सर्लाहीको गोडैतामा बिहिवार नेपाली कांग्रेसको नगर कार्य समितिको कार्यालय उद्घाटन गरिएको छ । कांग्रेसका नेता एवं सर्लाही ४ नम्वर

आफूले गरेको विकास देखेर अन्य पार्टीका नेता कांग्रेस प्रवेश गर्न थाले -अमरेश कुमार

  • ११ मङ्सिर, २०७७

जनकपुरधाम । सर्लाहीको गोडैतामा बिहिवार नेपाली कांग्रेसको नगर कार्य समितिको कार्यालय उद्घाटन गरिएको छ । कांग्रेसका नेता एवं सर्लाही ४ नम्वर

खोरमा परेर चितुवा नियन्त्रण

  • ११ मङ्सिर, २०७७

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको