मुख्यमन्त्रीको पहलमा हेलिकोप्टरबाट सुत्केरीको उद्दार

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा कालिकोटकी रत्ना शाहीको उद्धार भएको छ । सुत्केरी व्यथाले सिकिस्त शाहीको थप उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरवाट उद्धार गरिएको हो । 

३ दिनदेखि सुत्केरी व्यथा लागेकी रास्कोट नगरपालिका वडा नं १ छिपखाना निवासी शाही सहज सुत्केरी हुन नसकी खतराको लक्षण देखिएपछि उद्धार गरिएको  मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले जानकारी दिए । मुख्यमन्त्रीको पहलमा उद्धार गरिएकी शाहीको थप उपचार प्रदेश अस्पत्ताल सुर्खेतमा गरिने बताईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर