• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 05:44 pm

नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताएका छन् । 

धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियुले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकाले फिर्ताका निम्ति पहल गरिनुपर्ने माग गरेको थियो । ज्ञापनपत्र बुझ्दै उहाँले नक्सामा राख्दैमा नेपाली भूमि नगुम्ने आश्वासन दिए ।

मुख्यमन्त्री भट्टले कुनै पनि सार्वभौम देशको भूमिलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको उल्लेख गरे । उनले सुदूरपश्चिम प्रदेशकै भूगोल भारतीय नक्सामा देखिएकाले उक्त विषयलाई टुङ्गोमा पु¥याउनका लागि हामी सङ्घीय सरकारसँग आग्रह गरिरहेको जानकारी दिए ।

युवा र विद्यार्थी सङ्गठनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियतामाथि खेलवाड गर्ने कार्य भारतबाट हुँदै आएकाले नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने माग राखेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुर नेकपाको अभेद्य किल्ला भैसक्यो : उम्मेदवार डीपी ढकाल 

  • २७ कार्तिक, २०७६

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका तर्फबाट भक्तपुर १ (क) का उम्मेदवार डीपी ढकालले भक्तपुर नेकपाको  अभेद्य किल्ला भैसकेको बताएका छन् ।

मुख्यमन्त्री राउत अमेरिका जाँदै

  • २७ कार्तिक, २०७६

जनकपुरधाम ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज अमेरिका प्रस्थान गर्दैछन् । मुख्यमन्त्री कार्यालयको लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका

सुदूरपश्चिम : मुख्यमन्त्रीका स्वकीय सचिव प्रहरीको नियन्त्रणमा

  • २६ कार्तिक, २०७६

धनगढी । मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय (शाखा अधिकृत स्तर) सचिव प्रेम कुँवरलाई