मन्त्री पुनले गरे दुई दिनमा तीन सवस्टेशन उद्घाटन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले दुई दिनमा तीन वटा सवस्टेशनको उद्घाटन गरेका छन् । 

सवस्टेशन उद्घाटन गर्दै मन्त्रि पुनले ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्तासँग आग्रह गरे । ‘उर्जा क्षेत्रमा लगानी गर्नुस नाफा सुरक्षित गरिनेछ,’ उनले भने,‘ सबै क्षत्रमा बिकास प्रति सकारात्मक सोच निर्माण गर्न जरुरी छ ।’ सवस्टेशन उद्घाटन गर्दै मन्त्रि पुनले जनतालाई सुशासन दिनु राष्ट्र सेवक कर्मचारीको दायीत्व भएको बताए ।

मन्त्रि पुनले शुक्रबार लमही –घोराही १३२ के.भी प्रशारण लाइन आयोजनाबाट निर्मित सबस्टेशन उद्घाटन गरेका हुन् । सवस्टेशनबाट तीन वटा ३३ के.भी फिडर निकालिएको र सो मध्ये एउटा फिडरबाट घोराही ३३/११ के.भी सवस्टेशन र होलारी सवस्टेशनमा विद्युत् सप्लाई गर्ने कार्य भइरहेको छ ।

त्यस्तै दोस्रो फिडरबाट घोराही सिमेन्ट उद्योग र तेस्रो फिडरबाट तुलसीपुर सिमेन्ट उद्योगलाई विद्युत् सप्लाई प्रदान गरिने छ । यसै सवस्टेशनबाट पूर्वी रोल्पा क्षेत्रलाई राष्ट्रिय प्रशारण लाइन ग्रीड सँग जोडिने गरी घोराही– माडिचौर १३२ के.भी प्रशारण लाइन निर्माणको काम अघि बढेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर