नेपाली आवश्यकता अनुसार पानीकाे सदुपयाेग गर्ने हाे, भारतले के भन्छ भनेर हेर्ने होइन : मन्त्री पुन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले अरुले के भन्छ भन्ने आधारमा नभई आफ्नो आवश्यकता र क्षमताका आधारमा काम गर्नुपर्ने बताएका छन् । शुक्रबार दाङमा आयोजित एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

नदी बेसिनमा आधारित परियोजनाका सन्दर्भमा छलफल गर्न आयोजित गोष्ठीमा राप्ती बेसिनबारे कुरा गर्दै उनले भने , 'राप्ति नदीको पानीको उपयोगवारे सोच्दा भारतले के भन्छ भनेर होईन, हाम्रो नदी, हाम्रो पानी, हाम्रो आबश्यकता र हाम्रो क्षमताका आधारमा सोच्नु पर्दछ ।' 

उनले पानीको उपयोग गर्दा संघ, प्रदेश र स्थानिय निकाय बिच समन्वय हुनुपर्ने आवश्यकता समेत औंल्याए । 

कार्यशाला गोष्ठीमा सरोकारवाला प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेल, मन्त्रीहरू, सांसद, राजैनैतिक नेता कार्यकर्ता कर्मचारी, उपभोक्तालगायतको उपस्थिति रहेको थियो । मन्त्री पुनले आफू जल तथा ऊर्जा आयोगको अध्यक्षको नाताले सरोकारवाला सबैलाई राखेर पानीकाे प्रयाेगबार छलफल गरेकाे जानकारी समेत दिए । 

मन्त्री पुनको प्रमुख आथित्यमा आयोजित कार्यशालामा आयोजना निर्माणको संभावना, आवश्यकता साथै आगामी दिनमा यसको आवश्यकताका सन्दर्भमा छलफल भएको छ । 

छलफलमा आगामी दिनहरुमा नदी बेसिन योजनाहरुको आवश्यकता बढेर जाने भएकोले आगामी योजनामा यस्ता योजनामा जोड दिनुपर्ने बताइएको छ ।

त्यसमा पनि संघिय संरचनामा हाम्रो मुलुकमा पानी बाँडफाँडको विषय थप महत्वपूर्ण र पेचिलो विषय भएकोले नदी बेसिन आयोजनाको आवश्यकता थप बढेर जाने विषय छलफलमा उठाइएको छ ।


हाल विश्व बैंकको अनुदान सहयोगमा जल तथा ऊर्जा आयोगको सचिवालयबाट नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना सञ्चालनमा रहेको छ । 

त्यस्तै जलस्रोतको योजनाबद्ध ढंगले विकास गरी अधिकतम आर्थिक, सामाजिक एंव वातावरणीय लाभ हासिल गर्न नदीहरुका बेसिनगत योजना तर्जुमा गर्नुपर्ने आवश्यकता सरकारले स्वीकृत गरेको राष्ट्रिय जलस्रोत रणनीति २०५९, राष्ट्रिय जल योजना २०६३ मा नै उल्लेख छन् । 

त्यसैगरी ऊर्जा मन्त्रालय सचिवालयले आयोजनाको संरचना व्यवस्थापन तथा परिचालन गर्नका लागि सहसचिवको संयोजकत्वमा १०  सदस्यीय आयोजना निर्देशन समिति समेत गठन गरेको छ । समितिले नदी बेसिन योजना तर्जुमा गर्ने प्रक्रियामा सबै आवश्यक मार्गदर्शन गर्ने मन्त्रालयले जानकारी दिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर