चुरेप्रति पूर्व राष्ट्रपति यादव र पूर्व प्रम नेपालको चिन्ता

राज्य गम्भिर नभएको आरोप

जनकपुरधाम । नेपाल साहित्य उत्सव जनकपुरधाम संस्करणमा चुरेको चिन्ता माथि बहस गरिएको छ ।

उत्सवमा चुरेको चिन्ता शिर्षकमा आयोजित सेशनमा पूर्व राष्टपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल चुरे विनाश भईरहेको प्रति चिन्ता व्यक्त गरेका हुन् । पूर्व राष्टपति यादवले चुरे विनाश भईरहेकै कारण देशभरी प्राकृति विपति, मरुभूमि करण बढीरहेकोमा चिन्ता व्यक्त गरेका छन् । 

उनले सरकारी स्तरबाट यसको संरक्षणमा ध्यान पुर्याउन नसकिएका कारण चुरेको विनाश दिनानुदिन भईरहेको बताए । 
चुरेको विनाश हुने गरी निर्माण भईरहेको मदन भण्डारी राज्य मार्ग, बाराको निजगढ विमानस्थलको निर्माण कार्य रोक्न आग्रह गरे । पूर्व राष्टपति यादवले रेल्वे लाइनको विस्तार पनि अध्ययन बिना नगर्न आग्रह गरे । 

चुरेबाट निस्किने १ सय ६४ नदी नालाको व्यवस्थापन, चुरे वन क्षेत्रको व्यवस्थापन गर्नु अति आवश्यक रहेको बताए । यसको संरक्षणका लागि संसदमै छलफल गरेर कानून निर्माण गर्नु आवश्यक रहेको बताए । 

सोही सेशनमा सहभागी भएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले चुरेसंग मधेशको भाग्य, सिंगो मुलुकको भविश्य जोडिएकोले यसको संरक्षणका लागि राज्य स्तरबाटैै पहल हुनु आवश्यक रहेको बताए । 

उनले बाराको निजगढस्थित अन्तर्र्राष्ट्रिय विमान स्थल निर्माणका लागि तोकिएको स्थल परिवर्तन गरी सो स्थलभन्दा ३ किलोमिटर तल लग्नु पर्नेमा जोड दिए । 

पूर्व प्रधानमन्त्री नेपाल चुरे संरक्षणप्रति राज्य अहिलेसम्म गम्भिर हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरे । सिंगो चुरे क्षेत्र नेपालको अर्थतन्त्र माथि उकास्नका लागि महत्वपूर्ण रहेकोले चुरेको संरक्षणका लागि सम्पूर्ण क्षेत्रलाई जिम्मेबार हुन उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर