बैंकमा बचतसँगै बीमा योजना, तर लोभिएनन् ग्राहक

काठमाडाैं । वाणिज्य बैङ्कहरूले निक्षेप आकर्षणका लागि एकपछि अर्को आकर्षक योजना सार्वजनिक गर्ने क्रम बढ्दो छ । पछिल्लो समय निक्षेपको ब्याजदर कम गर्दै जीवन बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा जस्ता विभिन्न किसिमका बीमा योजना बैङ्कहरूले सार्वजनिक गरिरहेका छन् । उनीहरूका यस्ता योजना केही हजारदेखि डेढ करोड रुपियाँसम्म रहेको पाइएको छ ।

कतिपय बैङ्कले रकम बचत गर्दा बीमा सित्तैमा हुने जस्तो गरी प्रचारप्रसार समेत गरिरहेका छन् । यसअघि बैङ्कमा निश्चित मात्राको रकम बचत गर्दा चाँदीका सिक्का प्रदान गरिने योजनामा पनि बैङ्कबीच प्रतिस्पर्धा नै चलेको थियो । त्यस्ता योजनामा राष्ट्र बैङ्कले रोक लगाएपछि वाणिज्य बैङ्कले नयाँ योजना सार्वजनिक गर्ने गरेका छन् ।

पछिल्लो पटक अधिकांश वाणिज्य बैङ्कले विभिन्न बैङ्कसँग सहमति गर्दै ग्राहकलाई निःशुल्क बीमाको लोभ देखाइरहेका छन् । वाणिज्य बैङ्कमध्ये मेघा बैङ्कले सबैभन्दा बढी डेढ करोड रुपियाँसम्मको बीमा योजना सार्वजनिक गरेको छ । बैङ्कको न्यू प्रडक्ट डेभलपमेन्ट इन्चार्ज विष्णु भण्डारीका अनुसार उसले विगत दुईरतीन महिनाअघिदेखि जेनरल, स्ट्यान्डर्ड र सुपर वर्गीकरणमा बीमा योजना ल्याएको छ ।

यसअन्तर्गत ग्राहकको खातामा न्यूनतम १० हजार रुपियाँ बचत गरेमा एक जनाको, न्यूनतम २० हजार रुपियाँमा पति पत्नी दुई जनाको र न्यूनतम ३० हजार रुपियाँ खातामा राखेमा नौ महिनादेखि २१ वर्ष उमेरसम्मको केटाकेटीको समेत बीमा हुने योजना सार्वजनिक गरेको छ । बैङ्कले एक जनाका लागि ४२ लाख, दुई जनाका लागि ७० लाख र तीन जनासम्मका लागि डेढ करोड रुपियाँसम्मको योजना रहेको उनले बताए ।
सुन्दा निकै आकर्षक लाग्ने योजना ल्याए पनि ग्राहक खासै आकर्षित हुन नसकेको भण्डारीको भनाइ छ । उनले भने, ग्राहकले बीमामा विश्वास नगरेका हुन् कि बैङ्कहरूले बुझाउन नसकेका हुन् ।

बैङ्कहरूले ल्याएका यस्ता बीमा योजनाले ग्राहकलाई फाइदा नै पुगेको दाबी भण्डारीको छ । तर पनि यस्ता योजनालाई राष्ट्र बैङ्कले कसरी हेरिरहेको भन्ने छ कौलुहता भने छ । उनले यस्ता योजनामा हालसम्म राष्ट्र बैङ्कबाट निर्देशन नआएको पनि स्पष्ट पारे । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर