धरानमा हुन लागेको चलचित्र महोत्सव स्थगित

विराटनगर । प्रदेश सरकारले सुनसरीको धरानमा आयोजना गर्न लागेको चलचित्र महोत्सव अन्तिम समयमा स्थगित गरेको छ । कात्तिक २९ देखि ३१ गतेसम्म आयोजना हुने महोत्सव निर्वाचन आचारसंहिताका कारणले गर्दा सरकारले स्थगित गरेको हो ।

प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले मंगलबार अपरान्ह सूचना प्रकाशित गरेर धरान उपमहानगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिता लागू भएका कारण चलचित्र महोत्सव कार्यक्रम स्थगित गरेका हुन् । प्रकाशित सूचनामा चलचित्र महोत्सवको अर्को मिति पछि तय गरिने उल्लेख छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुने भन्दै प्रदेश सरकारले आयोजना गर्न लागेको चलचित्र महोत्सव स्थगित गर्न निर्देशन गरेपछि प्रदेश सरकारले कार्यृक्रम स्थगित गरेको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर