• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 11:24 pm

जिल्ला समन्वय अधिकारीको निधन, जिल्लाका सबै स्थानीय तह र विद्यालयय विदा 

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य समेत रहेका बस्यालको ६८ वर्षको उमेरमा हिजो दिउँसो उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । 

तानसेनको मिशन अस्पतालमा उपचारका क्रममा फोक्सोमा पानी भरिएको देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । बस्याललाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । २००९ साल बगनासकाली गाउँपालिकाको यम्घामा जन्मेका बस्याल कम्युनिष्ट पार्टीको संगठन, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानको रुपमा परिचित थिए । बस्याललाई पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा औपचारिक राजनितीमा लागेका थिए । जिल्ला समन्वय समितिका बहालवाला प्रमुख भएकाले जिल्लाका सबै स्थानीय तह, शिक्षणसंस्था विदा दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाईको शिक्षा समितिका अध्यक्ष भएकाले पनि विद्यालय विदा दिइएको छ । स्थानीय तहका सबै जनप्रतिनिधिले श्रद्धाञ्जली सभा गर्ने र शोक पुस्तिका राखेर एक दिनका लागि विदा दिइएको छ । 

बस्याललाई श्रद्धाञ्जली दिन प्रदेश ५ का भौतिक योजनामन्त्री बैजनाथ चौधरी, संघीय, प्रदेश सांसद साथै जिल्लास्तरीय सबै राजनीतिक दलका नेताहरु सहितको टोलीले जिल्ला समन्वय समितिको प्राङ्गणबाट नेकपा कार्यालय हुँदै टुँडिखेलमा अन्तिम श्रद्धान्जली दिएपछि कालीगण्डकी नदीको राम्दीघाट लगिएको छ । बस्यालका २ छोरा र २ छोरी रहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीको विकास र समृद्धिका अन्तराष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री शाही

  • २३ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन्

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु स् मुख्यमन्त्री पौडेल

  • २३ मङ्सिर, २०७६

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु : मुख्यमन्त्री पौडेल

  • २३ मङ्सिर, २०७६

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको