काँग्रेस आक्रामकः नेता पौडेलले भने–कम्युनिष्ट सरकार राणा शासन जस्तै

दाङ । काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो चरणमा सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विरुद्ध आक्रामक अभिव्यक्ति दिदै आएका थिए । त्यसैको नयाँ संस्करणको रुपमा बरिष्ठ नेता रामचन्द्र पौडेल समेत सोमबार सरकार विरुद्ध खनिए । 

सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्यादै गएको आरोप उनले लगाएका छन् । रिपोर्टस क्लब दाङले सोमवार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले अहिलेको सरकार सामन्ति राणा सासनको नयाँ संस्करण भएको आरोप लगाए । उनले भने ,–‘राणाको पथमा हिडेर यिनीहरुले देशलाई त्यस्तै सामन्ति बाटोमा लान खोजिरहेका छन, एक पछि अर्को गर्दे लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्याउदै गएका छन ।’

द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्दै ठूलो लडाई लडेर नेपाली काँग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको तर अहिलेको सरकारले त्यसलाई उल्टो बाटो सामन्तबादतर्फ लैजान खोजेको पौडेलको भनाई छ ।

उनले पतिको मृत्यु पछि पत्निलाई उम्मेदवार बनाउनु त्यसैको सूचक भएको दावी गरे । उनले भने –‘ अहिलेको सरकार कुनैपनि र केहीपनि आर्दश नभएको जमात मात्रै हो।’ त्यही भएर कम्युनिष्ट सरकारको ज्यादतीको विरुद्धमा नेपाली कांग्रेस देशभरी चुनावी अभियानमा जुटेको बताए ।

जनतालाई असंभव खालका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको उनको टिप्पणी थियो । ‘यो सरकारले कुनैपनि राम्रो काम गर्न सकेन,’ नेता पौडेलले भने ‘तरपनि नेपाली कांग्रेसले सुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गर्ने काम मात्रै गरिरहेको छ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर