कञ्चनपुर युवक हत्या प्रकरणमा संग्लन ४ जना सार्वजनिक

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल ओभरटेक गरेको निहुँमा एक युवकको हत्यामा संग्लन रहेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ३ चाँदनीका २२ वर्षिय दिपक पन्तको हत्यामा संग्लन रहेको भन्दै ४ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको हो । 

भीमदत्त नगरपालिका वडा नम्वर ४ का २० बर्षीय मनिष नाथ, वडा नम्वर १५ का २२ बर्षीय गणेश लुहार, सोही ठाउँका २० बर्षीय नविन सिंह र २२ बर्षीय विनोद बोहरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दका अनुसार उनीहरुले पन्तलाई हेल्मेट र चक्कु प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।

गम्भिर घाईते पन्तलाई उपचारका लागि भारत लैजादै गर्दा बाटामै मृत्यु भएको उनले बताए । चारै जना विरुद्ध कर्तव्य ज्यानमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको उनले बताए । उनीहरुको साथबाट प्रहरीले चक्कु, से १ प ३७ ७८ नम्वरको एक थान मोटरसाईकल र म ३ प १०७० नम्वरको उक थान स्कुटर पनि बरामद गरेको छ । 

के हो घटना ? 
कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ३ का २२ वर्षिय दिपक पन्त, बुवा बिसनसंगै मोटरसाईकलमा महेन्द्रनगर आईरहेका थिए । महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा पुग्नासाथ उनको अगाडीपट्टी र पछाडीपट्टी गरी ५र६ जना युवाहरु मोटरसाईकल र स्कुटीमा सवार थिए ।

पन्तले ओभरटेक गर्न खोज्दा ५र६ जनाको समूहमा रहेका युवाहरुले पन्तलाई रोक्दै कुटपिट गर्न सुरु गरे । सोही समूहमा रहेका एक जनाले चक्कु प्रहार गरे र उनी गम्भिर घाईते भए। छोरामाथि निर्घात कुटपिट र चक्कु प्रहार हुँदा बुवा बिसन भने बिवस थिए 

उनले रोक्न हजार प्रयास गरे तर युवाहरुको समूहले उनीमाथि कुटपिट जारी राख्यो । कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालले उपचार सम्भव नभएपछि भारत रेफर ग¥यो तर उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । 

घटना भएको क्षेत्र सुनसान होईन । त्यहा धेरै घर छन् । यात्रुको आवतजावत पनि भएकै हुन्छ । 

‘घटनामा संग्लन युवाहरू लागूऔषध प्रयोगकर्ता हुन्,’ प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दले भने, ‘उनीहरू विभिन्न चोरीका घटनामा समेत संलग्न रहँदै आएका थिए । तीमध्ये केही यसअघिसमेत विभिन्न घटनामा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर