फरवार्ड माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स माइक्रोफाइनान्स वित्तीय संस्थाले गतआर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

लघुवित्तको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापूँजीको १२ दशमलव ५० प्रतिशत नगद लाभांश र ३२ दशमलव ५० प्रतिशत बोनस गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

हाल लघुवित्तको चुक्तापूँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ चुक्तापूँजी रहेको छ । 

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर