नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

काठमाडौं । नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।  आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा, वर्षैभरी हरेक दिन सेवा प्रदान गर्ने उदेश्यले बैंकले सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । 

नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुका लागि एकल विन्दुको रुपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्रमा अत्याधुनिक प्रविधि राखेर ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने नबिल बैंकले जनाएको छ । 

नबिल बैंकले देश भर ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर