ऐतिहासिक बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंकको शुरु भयो एकीकृत कारोबार

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक ठूलो बिग मर्जर सम्पन भएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा गाभिएका गाभिएर आज मंसिर २० गते देखि एकीकृत कारोबार थालेका छन् । 

शुक्रबार विशेष कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडालेसाथ एकीकृत कारोबारको शुभारम्भ गरे ।

मर्जरपश्चात बैंकको नाम ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ । नयाँ बनेको ग्लोबल आइएमई बैंक चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाहलगायतमा मुलुककै ठूलो बैंक बनेको छ ।

दुवै बैंक मर्जर पछि बन्ने ग्लोबल आइएमइ बैंकको प्राथमिक पूँजी २४ अर्ब  पुगेको छ । कुल निक्षेप २ खर्ब १३ अर्ब भन्दा बढी र कुल कर्जा लगानी १ खर्ब ९४ अर्ब पुगेको छ । त्यस्तै बैंकमा ३ हजार २ सय कर्मचारी, ८ सय ४० सेवा केन्द्र, २५९ एटिएम काउन्टर पुगेका छन् । 

मर्जरपछि बन्ने ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन् । सात सदस्यीय नयाँ सञ्चालक समितिमा ग्लोबलबाट ५ जना र जनताबाट २ जना सञ्चालक रहनेछन् । 
नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक र जनता बैंकलाई मर्जरमा जानका लागि गत बुधबार अन्तिम स्विकृती दिएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर