पूँजी बजारमा रौनक, १५२ कम्पनीको सेयर भाउ बढ्दा सर्वाधिक गुमाउनेमा युनिलिभरका लगानीकर्ता

काठमाडौं । पुँजी बजारमा उत्साह देखिएको छ । नेप्से सुचक तथा कारोबार रकम दुुबै बढ्दा लगानीकर्ताहरु आशावादी देखिएका छन् ।

बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यो साताको शुरुवात देखि नै लगातार बढेको नेप्से सुचक आज १० दशमलव ११ दशमलव बढेर १ हजार १ सय ६१ दशमलव ४७ को बिन्दुमा बन्द भएको छ ।

सुचकसँगै बुधबार कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसा बुधबार कुल १७३ कम्पनीको ५५ करोड १३ लाख ७७ हजार ८५२ रुपैयाँको २० करोड ४३ लाख ६०५ कित्ता सेयर किनबेच भएको छ । 

बुधबार कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहमा मात्रै गिरावट आएको छ । बाँकी एघार समूह बढेका छन् । जसमध्ये नीर्जिवन बीमा समूह ११३ दशमलव १३ को बिन्दुले बढेको छ । 

आज वाणिज्य बैंक समूह ४ दशमलव २७ अंकले बढेको छ । त्यसैगरी, जीवन बीमा समूह ७९ दशमलव २८ अंकले, लघुवित्त समूह ५७ दशमलव ०८ अंकले, फाइनान्स समूह ६ दशमलव २४ अंकले बढेका छन् । त्यसैगरी होटल समूह २२ दशमलव ७९ अंकले, जलविद्युत समुह ६ दशमलव २ अंकले, म्युचुअल फण्ड शुन्य दशमलव ०२ अंकले उकालो लागेका छन् ।  

कारोबार रकममा नेपाल बंगलादेश बैंकको संस्थापक सेयरको बढी कारोबार भएको छ । बैंकको ६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र लुम्बिनी विकास बैंक रहेका छन् ।  

यसदिन सर्वाधिक कमाउनेमा नेपाल सेवाका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर भाउ ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, डिप्रोक्स लघुवित्त, युनाइटेड इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स र नयाँ नेपाल लघुवित्तको ९ प्रतिशतभन्दा बढीले सेयर भाउ बढेको छ ।

यता, सर्वाधिक गुमाउनेमा युनिलिभर नेपालका लगानीकर्ता छन् । कम्पनीको सेयर भाउ ३.९५ प्रतिशतले घटेको छ । बुधबार १७३ कम्पनीमध्ये १५२ कम्पनीको सेयर भाउ बढेको छ भने २१ कम्पनीको सेयर भाउ घटेको छ । 
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर