ह्याप्पी बर्थ डे राज कपुरः नर्गिसदेखि जीनत अमानसँग नजिकिएका थिए राज कपुर

नयाँ दिल्ली । हिन्दी चलचित्र मा ‘सोमेन’ नामले चिनिने अभिनेता राज कपुरको आज जन्मदिन हो । राज कपुरको जन्म १५ डिसेम्बर १९२४ मा पेसावर (पाकिस्तान) मा भएको हो । सन् १९८८ जुन २ मा उनको निधन भयो । 

राज कपुरको जिन्दगीमा कैयौं उतारचढाव आयो । सानै उमेरमा बिहे, बिहेपछि पनि तीनजना नायिकासँगको अफेयर उनको जीवनसँग जोडिए । राज कपुरको प्रेमकहानीको बारेमा उनका छोरा ऋषि कपुरले उनको आत्मकथा ‘खुल्लम खुल्ला– ऋषि कपुर अनसेन्सर्ड’ केही खुलासा गरेका छन् । 

२२ वर्षको उमेरमा बिहे

राज कपुरले २२ वर्षको उमेरमा सन् १९४६ मा कृष्णा मल्होत्रासँग बिहे गरे । यो दम्पतीबाट पाँच सन्तान भए । राज कपुरका तीन छोरा– रणधीर कपुर, ऋषि कपुर र राजीव कपुर तथा दुई छोरी ऋतु नन्दा र रीमा कपुर हुन् । ऋषि कपुरले आफ्नो बायोग्राफीमा लेखेका छन्, ‘मेरा बुबा राज कपुर २८ वर्षका हुँदै नै हिन्दी चलचित्रका ‘सो मेन’ का हैसियतमा पुग्नुभएको थियो । त्यसबखत उहाँ प्रेममा हुनुहुन्थ्यो, दुर्भाग्य मेरी आमाका अतिरिक्त अरु कोहीसँग ।’

नर्गिससँग जोडियो नाम

राज कपुर र नर्गिस पहिलोपटक ‘आग’ फिल्ममा एकसाथ देखिएका हुन् । यो फिल्म राज कपुरको निर्माण तथा निर्देशनमा बनेको पहिलो चलचित्र हो । यसपछि यी दुई अझ नजिकिए । राज र नर्गिसले १६ वटा फिल्ममा काम गरेका छन् । तर, यी दुईले सार्वजनिक रुपमा आफूहरूबीचको सम्बन्ध कहिल्यै स्वीकार गरेनन् । किनभने राज कपुर विवाहित थिए । बिस्तारै नर्गिसले राज कपुरसँग दूरी बढाइन् । 

बिहेको २० वर्षपछि वैजयन्तीमालासँग जोडिए राज

नर्गिससँग सम्बन्ध तोडिएपछि राज कपुरको नाम वैजयन्ती मालासँग जोडियो । सन् १९६० मा यी दुईबीचको प्रेमको सर्वत्र चर्चा हुन थाल्यो । त्यसबखत राज कपुरको बिहे भएको २० वर्ष भइसकेको थियो । ऋषि कपुरले आफ्नो कृतिमा वैजयन्ती मालाको प्रसंगसमेत उल्लेख गरेका छन् । ऋषिले लेखेका छन्, ‘मलाई याद छ जब म बुबासँग थिएँ, त्यतिखेर हामी आमाका साथ मरिन ड्राइफको नटराज होटलमा बस्ने गएका थियौँ । होटलमा सिफ्ट भएको दुई महिनापछि चित्रकुटमा अपार्टमेन्टमा सिफ्ट भयौँ । मेरा पिताजीले त्यो अपार्टमेन्ट हाम्रा लागि किन्नुभएको थियो । पिताजीले हरसम्भव कोसिस गर्नुभयो आमा घर आउनुहोला भनेर, तर आमा तबसम्म घर आउनुभएन जबसम्म मेरा पिताजीसँग वैजयन्ती मालाको सम्बन्ध टुटेन ।’

जीनत अमानसँग सम्बन्धको चर्चा

नर्गिस र वैजयन्ती मालापछि राज कपुरको नाम जीनत अमानसँग जोडियो । राज, जीनत अमानको कामबाट अति खुसी थिए । सन् १९७८ मा ‘सत्यम शिवम सुन्दरम’ को सुटिङका क्रममा यी दुईबीचको अफेयरको चर्चा धेरै नै भयो । यो कुराको चर्चा त्यतिखेर मात्र हुन छोड्यो जब जीनत अमानले चलचित्र निर्देशक तथा निर्माता मजहर खानसँग बिहे गरिन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर