• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:22 pm

सेयर बजारमा नयाँ रेकर्ड कायम

काठमाडौँ । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो ।

आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको ३० हजार ४५६ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो ।

यद्यपि कारोबारका हिसाबले यो दोस्रो रेकर्ड हो । अघिल्लो साताको अन्तिम दिन पनि दुई अर्ब ७८ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यसअघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

यती एअरलाइन्सद्वारा आज पोखराबाट ५८ पर्यटक उद्दार

  • १४ चैत, २०७६

काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरे पश्चात् पोखरामा अड्किएका पर्यटकहरु धमाधम उद्दार

कोरोनाको प्रभावले ठूला पूर्वाधार आयोजना ठप्प

  • १४ चैत, २०७६

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले मुलुकभर १ हप्ता लकडाउन गरेपछि ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ

जी ७ : अमेरिकाले कोरोना फैल्याएको आरोप चीनलाई लगाएपछि

  • १३ चैत, २०७६

एजेन्सी । कोभीड–१९ विरुद्ध जी ७ राष्ट्रका विदेशमन्त्रीबीच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्ने प्रयास असफल भएको छ । अमेरिकी विदेश