प्रियंकासँगै आयुष्मान पनि रङगिए मेहेन्दीमा

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच यही फागुन १६ गते शुक्रबार विवाह हुँदैछ । यसै क्रममा उनीहरुले मंगलबार मेहेन्दी लगाएका हुन् । लामो समयको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन् । 

केही समय अघि नायिका प्रियंका साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी थिइन् । त्यहाँ खिचिएका प्रियंकाको तस्बिर भाइरल बनेको थियो । 

यसपछि प्रियंकाकै शैली पछ्याउँदै आयुष्मानले पनि तस्बिर खिचाएका थिए । जुन भाइरल बनेको थियो । आउँदो शुक्रबार पार्क्भिलेज रिसोर्टमा उनीहरुको वैवाहिक कार्यक्रम र रिसेप्सन पार्टी हुने भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर