बुटवल–पाल्पा सडक खण्ड आजदेखि दैनिक आठ घण्टा बन्द

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको छ ।

आजदेखि चैत १२ गतेसम्म दैनिक आठ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र साँझ ८ देखि ११ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

ती  समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने कामलाई अघि बढाउन लागेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर