सामाजिक कार्यमा पनि माछापुछ्रे बैंक सक्रिय

महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाण्डौँका बिभिन्न स्थानमा हातधुने व्यवस्था

काठमाडौं । माछापुछ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाणडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ । 

माछापुछ्रे बैंकले आईतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन÷स्यानिटाईजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरिक्षक  विश्वराज पोखरेल तथा माछापुछ्रे  बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत श्री सन्तोष कोइराला ज्यूले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाण्डौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो ।

विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाइसरको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिबार्य रहेको तथा काम बिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हात धुन सम्भब नहुने हुदाँ बैंक तथा महानगरिय प्रहरी कार्यालयले आम नागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो । 

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुछ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ ।

बैंकले अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर