• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 10:30 am

पत्रिका बन्द गर्न पत्रकार महासंघलाई आव्हान

कञ्चनपुर ।  कञ्चनपुरबाट प्रकाशित हुने पत्र–पत्रिका बन्द गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आव्हान गरेको छ । महासंघका अध्यक्ष विष्णु अवस्थीले आज प्रेस विज्ञप्ती जारी गरेर कोरोना भाइरसको महामारीबाट बच्न सो आव्हान गरेको हो ।

पत्रिका प्रकाशनमा कागजको अभाव, छापाखानाका कामदारसमेत क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आव्हान गरिएको हो । पत्रपत्रिकाको काम बन्द गरी घरमै क्वारेण्टाइनमा रहन र घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत समाचार सम्प्रेषण गर्न अध्यक्ष अवस्थीले सबै पत्रकारलाई अनुरोध गरेका छन् ।

“माइक्रोफोनमा बोल्दाखेरी थुकका छिटा माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफुतिर फर्काएर बोल्दा अन्तर्वाता लिने सञ्चारकर्मी पनि जोखिममा पर्नसक्ने भएकाले भिडभाड नगरी टेलिफोनबाटै सूचना लिएर समाचार सम्प्रेषण गर्न रेडियोकर्मी लगायतका पत्रकारलाई अनुरोध गर्दछु”, विज्ञप्तीमा भनिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कञ्चनपुरमा कोरोना संक्रिमतको मृत्यु भएको अफवाह फैलाउने युवक पक्राउ

  • २२ चैत, २०७६

कञ्चनपुर । कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक

पोखरा महानगरको राहत कोषमा प्याब्सनको पाँच लाख

  • २२ चैत, २०७६

चिप्लेढुङ्गा ।  पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन

जाजरकोटका अधिकांश औषधि पसल बन्दः घण्टौँ हिँडेर औषधि किन्न बाध्य

  • २२ चैत, २०७६

जाजरकोट  । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस