बैंक तथा वित्तीय संस्थाको सेवालाई सुचारू राख्‍न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस महामारीको त्रास फैलिरहँदा सबै बैंक तथा वित्तीय संस्थाहरूलाई बैंकिङ सेवालाई सुचारू राख्‍न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

केन्द्रीय बैंकले आइतबार क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाको लागि सूचना प्रकाशन गरेर कोभिड–१९ संक्रमणको जोखिम न्यूनिकरण गर्ने उपाय अपनाउँदै सजगता साथ बैंकिङ कार्य सूचारू गर्न निर्देशन दिएको हो ।

“कर्मचारीहरूमा हुनसक्ने संक्रमण तथा संस्थाको व्यवसाय निरन्तरतालाई मध्यनगर गर्दै यथासम्भव न्यूनतम कर्मचारीबाट सेवा सुचारू राख्नु।, राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै घरबाटै काम गर्ने वा सिफ्टमा काम लगाउने व्यवस्था पनि गर्नसक्ने राष्ट्र बैंकको सुझाव छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर