नेपाल धितोपत्र बोर्डद्वारा कोरोना रोकथाम कोषलाई ५० लाख सहयोग

काठमाडौं  । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

बोर्डले रोगको संक्रमणलाई मुलुक भित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि सहयोग रकम कोषको खातामा जम्मा गरेको हो । 

पुँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम  सहयोग पुर्याउन बोर्डले विज्ञप्तीमार्फत भनिएकाे  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर