सार्वजनिक स्थलमा क्लोरिन पाउडर छर्कदै

सुर्खेत । उद्योग वाणिज्य सङ्घलेबुधबार सार्वजनिकस्थलमा क्लोरिन पाउडर छरेको छ । नेपालमा समेत कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि सङ्घले क्लोरिन पाउडर छर्ने अभियानको शुरुआत गरेको हो ।
 
सङ्घका अध्यक्ष धनबहादुर रावतले वीरेन्द्रनगर नगरपालिकासँग दमकल र पानीको सहयोग लिई सार्वजनिकस्थलमा क्लोरिन पाउडर छरिएको बताए । यो पाउडरले कोरोनाका किटाणुबाट बच्न सहयोग गर्दछ । वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य अधिकृत पर्शुराम खड्काले विभिन्न ब्याक्टेरिया भाइरसलाई नियन्त्रण गर्न क्लोरिन पाउडरले मद्दत पु¥याउने बताए । उक्त पाउडर जिल्ला प्रशासन कार्यालय, अस्पताल, नगरपालिका, बजार क्षेत्रलगायतका सार्वजनिकस्थलमा छरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर