एक सय २१ विदेशी पर्यटकको मुस्ताङबाट उद्धार

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनपछि मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । 

अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका एक सय २१ जना पर्यटकलाई उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

तीन दिनको अवधिमा ती पर्यटकलाई उद्धार गरी काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, क्यानडा, पोर्तुगल, बेलायत, युुक्रेन, न्युजिल्यान्डलगायतका देशका पर्यटकलाई बसमार्फत पोखरा हुँदै काठमाडौं पठाइएको हो ।  अन्य पर्यटकको पनि खोजी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।

कोरोनाको सतर्कतासँगै म्याग्दी हुँदै मुस्ताङ भित्रिने सडकमा पूर्ण रूपमा रोक लगाइएको छ, तर मनाङ भएर थोरङ्ला पास गरेर आएका पर्यटकहरू यहीँ नै अलपत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदूतावाससँगको समन्वयमा उनीहरूलाई उद्धार गरी पठाएका हो– प्रजिअ अर्यालले भने । 

यहाँबाट पठाएका पर्यटकहरूलाई पर्यटन बोर्डले सम्बन्धित राजदूतावासको समन्वयमा उनीहरूकै मुलुकमा फिर्ताका लागि समन्वय गर्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर