यती एअरलाइन्सद्वारा आज पोखराबाट ५८ पर्यटक उद्दार

काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरे पश्चात् पोखरामा अड्किएका पर्यटकहरु धमाधम उद्दार गरिएको छ । यती एअरलाइन्सले ५८ पर्यटकहरुको उद्दार गरी आज काठमाडौं ल्याएको छ । ५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु रहेका छन् । 

काठमाडौं स्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एअरलाइन्सले पर्यटकहरु उद्दारका लागि विमान पठाएको हो । यती एअरलाइन्सको ७२ सिट क्षमता भएको ATR-72 9N-ANM विमान यात्रु लिन त्रिभुवन विमानस्थलबाट साँझ ५ बजे पोखरातर्फ प्रस्थान गरेको थियो । 

यसका साथै यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हिजो लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र आज विहान पनि १४ जना अस्ट्रेलियन नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर