फिल्म ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक

मुम्बई । फिल्म ‘आरआरआर’ को पूरा नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ । दुईजना तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको कथामा आधारित सिनेमाको नाम, मोसन पोस्टर र रिलिज हुने मिति सार्वजनिक गरिएको हो ।

बाहुबलीका निर्देशकसमेत रहेका राजमौलीले मोसन पोस्टर सेयर गर्दै लेखेका छन्, ‘पानी डुबेको आगो ! आगोले पानीको वाष्पीकरण गर्दछ ! र दुई सेनाहरू असीम ऊर्जाको साथ आएका छन् आरआरआरको शीर्षक लोगो प्रस्तुत गर्न।’

एक मिनेट लामो मोसन पोस्टरमा राम चरणको चरित्र अल्लुरी सितारमा राजुले आगोलाई प्रतिनिधित्व गर्छन् भने जुनियर एनटीआरको पात्र कोमाराम भीमले पानीलाई प्रतिनिधित्व गर्छ। जब उनीहरू स्वतन्त्रता संग्रामका लागि हात मिलाउँछन् तब देशमा क्रान्ति सुरु हुन्छ।तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी, अर्थात् पाँच भाषामा आरआरआरको मोसन पोस्टर सार्वजनिक गरिएको छ । 

उक्त फिल्ममा अन्तर्रा्ष्ट्रिय अभिनेता रे स्टिभनसन, ओलिभिया मोरिस र एलिसन डुडीका साथै भारतीय कलाकार आलिया भट्ट, अजय देवगन र श्रीया सरन पनि छन् । फिल्म आगामी वर्ष जनवरीमा ८ मा रिलिज हुनेछ। एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर