बैंक नखुलेर तनावमा हुनुहुन्छ ? एन आई सी का ग्राहकले यी नम्बरमा फोन गर्नुस् समस्या समाधान हुन्छ

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । विश्वमा महामारीको रुपमा फैलंदै गएको कोभिड १९ (कोरोना भाइरस) को नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका परिस्थितिमा ग्राहकको सुविधाका लागि बैंकले केन्द्य्र स्थापना गरेको हो । 

आफ्ना ग्राहकहरुमा परेको असुविधालाई ध्यानमा राख्दै बैंकले समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरिएको हो ।

बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खानियाका अनुसार यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहक महानुभावले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सक्नेछन् ।

जसका लागि बैंकले प्रत्येक प्रदेशमा आफ्ना बैंकका प्रतिनिधिहरुलाई फोनबाटै सम्पर्क गर्नका लागि ग्राहकलाई सुझाएको छ । आफ्ना कर्मचारीको फोन नम्बर बैंकले सार्वजनिक गरेको छ । 

बैंकले भनेको छ,‘यसका साथै ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गर्दछौं ।’

बैंकका अनुसार यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । 

‘उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।’ बैंकले भनेको छ । 

बैंकका समस्याहरु समाधानका लागि कर्मचारीलाई यी नम्बरमा कल गर्नुस् :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर