• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 02:05 am

गण्डकी प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण गर्न शुरु

दमौली । गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले  सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेशको व्यवस्था मिलाउने निर्णय गरेसँगै आँबुखैरेनी गाउँपालिकाको समन्वयमा कोरसोलिन भाइरस नष्ट गर्ने औषधि (टिएच) बाट सवारी साधन निसङ्क्रमण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले जानकारी दिए ।

यस कार्यलाई निरन्तरता दिइने जनाउँदै थापाले भने, “गण्डकी प्रदेशमा आउने सबैखालका सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेश दिइनेछ”, यसले प्रदेशलाई सुरक्षित राख्न सहयोग पुग्नेछ ।”

सवारी साधनलाई निसङ्क्रमण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले कोरसोलिन टिएच औषधि गाउँपालिकालाई उपलब्ध गराएको छ । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार पहिलो चरणमा पाँच दिनलाई पुग्ने औषधि गाउँपालिकालाई उपलब्ध गराइएको र थप औषधि पनि उपलब्ध गराइनेछ ।
 
सवारी साधन निसङ्क्रमण गर्नका लागि आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित युवा क्लबका युवाहरु पनि खटिनेछन् । बन्दाबन्दीका क्रममा पृथ्वी राजमार्ग हुँदै दैनिक २५० भन्दा बढी सवारी साधन गण्डकी प्रदेश भित्रिने गरेका छन् ।

उक्त ठाउँमा गाउँपालिकाले स्वास्थ्य सहायताकक्षसमेत सञ्चालनमा राखेको छ । स्वास्थ्य सहायताकक्षबाट प्रदेश प्रवेश गर्ने सबैको ज्वरो मापन गर्ने कार्य भइरहेको छ । त्यसका लागि गाउँपालिकाले स्वास्थ्य सहायताकक्षमा दुई स्वास्थ्यकर्मी खटाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल मनकामना गणबाट उक्त नाकामा चौबिसै घण्टा प्रहरी परिचालन गरिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

पुलजीपमा राखिएको स्वास्थ्य सहायताकक्षबाट एक हजार ९०८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिकाका अनुसार तीमध्ये १५३ महिला र एक हजार ७५५ पुरुष छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खाद्य संकट न्यूनिकरण गर्नको लागि बाँझो जमिन जोत्न मुख्यमन्त्री शाहीकाे अपील

  • १३ जेठ, २०७७

सुर्खेत । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले खाद्य संकट न्यूनिकरण गर्न बाँझो जमीनमा खेती गर्न आम कर्णालीबासीलाई अपील गरेका छन् । उनले आज कर्णाली

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट