कर्णालीसँग सीमा जोडिएका सबै नाका ७ दिनको लागि बन्द

सुर्खेत । छिमेकी प्रदेश ५ को नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै कर्णाली सरकारले सात दिनका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले आजदेखि सात दिनसम्म प्रदेश आउने सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले प्रदेशका २५ स्थानमा थप विशेषत्र चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउने निर्णय गरिएको मुख्ममन्त्री प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले समचार दैनिकलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर