प्रदेश पाँचमा भौतिक पूर्वाधार तर्फको काम प्रभावकारी बनाउन सुझाव

बुटवल । प्रदेश पाँचमा भौतिक पूर्वाधार तर्फका काम प्रभावकारी नभएको भन्दै सांसदहरुले विकास निर्माणका सवालमा पहुचका आधारमा बजेटलाई प्रयोग नगर्न सरकारलाई सुझाव दिएका छन । विकास बजेट पहुचका आधारमा छुट्टाउदा सन्तुलित विकास हुन नसक्ने भन्दै यसलाई सच्चाउन सरकारले ध्यान दिनुपर्ने बताए । विकास निर्माणका काम प्रभावकारी वनाउन सुझाव दिदै सांसदहरुले आगामी बजेटमा सरकारले विशेष ध्यान पु¥याउनुपर्ने बताएका थिए । 

प्रदेश पाँच संसदको  भौतिक पूर्वाधार तथा विकास समितिको बुधवारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको आगामी आर्थिक वर्ष ०७७।०७८ को योजना र बजेट सम्वन्धमा भएको छलफलमा सांसदहरुले विकास निर्माणका काममा सांसदहरुको सहभागितामा पनि जोड दिएका थिए । समिति सचिव सिता घिमिरेका अनुसार बैठकमा सांसदहरुले योजना छनौट देखि कार्यान्वयन सम्म प्रदेश सांसदहरुको भुमिका प्रभावकारी वनाउनुपर्ने बताएका थिए । बैठकमा आगामी बजेटका बारेमा तथा चालु विकास आयोजनाका बारेमा छलफल भएको समिति सचिव घिमिरेले बताइन ।

बैठकमा वोल्दै  नेकपाका सांसद दिनेश पन्थीले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट हुने सिचाइका काम कृषिसग जोडिएकाले यस्ता विकास निर्माणका काम गर्दा सम्वन्धित मन्त्रालयसग पनि समन्वय गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै कांग्रेस सांसद वीरवहादुर रानाले लकडाउनका कारण विकास निर्माण प्रभावित भएको तथा यस आर्थिक वर्षको प्रगति न्यून रहेको अवस्थामा अब सामाजीक दुरी कायम राखेर काम अगाडी बढाउन उपयुक्त हुने बताएका थिए । उनले स्थानिय जनशक्ति परिचालन गरेर मुख्य योजनाहरुका कामलाई अगाडी बढाउनुपर्ने बताए । 

बैठकमा समिति सभापति आशा स्वणकार, सदस्यहरु आइपी खरेल, नारायणप्रसाद आचार्यलगायतले  विकास निर्माणका सवालमा विभिन्न धारणा राखेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर