• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 03:33 pm

भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

गुल्मी । भारतबाट जिल्ला आएका ६८  व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए ।   

भैरहवास्थित प्रदेश प्रयोगशालामा किटको अभाव भएपछि पिसिआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिए । भारतवाट आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्ति बिहीबार घर फर्किसकेको र बाँकीलाई आज पठाउने तयारी गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । उनीहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि स्थानीयवासीमा त्रास हटेको पोख्रेलको भनाइ छ । 

दुई सातासम्म सीमा नाकामा बसेकामध्ये धुर्कोटका ५, रेसुंगा नगरपालिकाका  सात, मुसिकोटका तीन, चन्द्रकोट गाउँपालिकाका दुई तथा मदाने र रुरुक्षेत्र गाउँपालिकाका  एकएक जना पालिकाका क्वारेन्टाइनमा बसेका थिए ।  जिल्लामा हालसम्म ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट

कर्णालीमा कोरोना संक्रमितको सख्या २३ पुग्यो

  • १३ जेठ, २०७७

सुर्खेत । कर्णालीमा थप १२ जना  कोराना संक्रमित थपिए सँगै  संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकाहरू मध्येबाट सोमबार गरिएको परीक्षणमा थप १२