आजदेखि शेयर बजार खुल्ने

काठमाडौं । लकडाउनका कारण लामो समयसम्म बन्द रहेको सेयर बजारको कारोबार आज (मंगलबार) देखि खुल्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै बन्द भएको सेयर बजार लकडाउन खुकुलो भएपछि खुलेको हो ।

धितोपत्र बजारमा सेयरको खरिद बिक्री मंगलबारदेखि हुने भएपछि बजारसँग सम्बद्ध संस्थाहरू भने आइतबारदेखि नै खुलेका थिए । बजारमा अस्वाभाविक उतारचढाव नियन्त्रणको संयन्त्र बनाएर नयाँ व्यवस्थासहित मंगलबारदेखि सेयर कारोबार हुनेछ । आइतबार र सोमबार आवश्यक तयारी गरी मंगलबारदेखि सेयर कारोबार खुलाउने अर्थात मेरो सेयरमा नजोडिएका लगानीकर्तालाई मेरो सेयरमा आवद्ध हुन तथा कनेक्स आइपिएसमा आवद्ध हुनका लागि समय उपलब्ध गराएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर