• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 04:13 am

लकडाउनको अवधिमा पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण

काठमाडौं । बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको बिक्रीवितरण गरेका छन् । स्थानीय तहको मागअनुसार राहतस्वरुप कम्पनीले चार हजार ३३३ मेट्रिक टन चामल र कर्पोरेशनले एक हजार ८१ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण गरेको जनाइएको छ ।

बन्दाबन्दीमा साल्ट ट्रेडिङले छ लाख ८८ हजार ९८० किलो चामल, एक लाख नौ हजार ९५५ किलो दाल, ७८ हजार २१३ किलो नुन र  ५३ हजार ८८६ लिटर तेल बिक्री गरिएको सूचना अधिकृत कुमार राजभण्डारीले जानकारी दिए, उनका अनुसार ६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३ किलो खाद्य पदार्थ र अन्य वस्तु राहतस्वरुप वितरण गरिएको हो ।

कर्पोरेशनले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका साथै अनलाइनबाट खाद्य पदार्थ तथा अन्य सामग्रीको बिक्रीवितरण गर्दै आएको छ ।

सूचना अधिकृत राजभण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित नजीकका जिल्लामा समेत दैनिक तीन मोबाइल भ्यानमार्फत खाद्य पदार्थ बिक्रीवितरण गरिँदै आएको छ । बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कर्पोरेशनले मोबाइल भ्यानमार्फत खाद्य पदार्थ होम डेलिभरी गर्दै आएको हो । चौबीस कार्यालय र तिनबाट नियुक्त डिलरका साथै दुर्गम जिल्लामा रहेका ५७ डिपो र बिक्री केन्द्रबाट सरल, सहज र सुपथ मूल्यमा आयोडिनयुक्त नुन बिक्री गरिँदै आएको छ ।

यसैगरी खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका रामशाहपथ, नक्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा ९मोबाइल भ्यान० र अनलाइनमार्फत उपभोक्ताको मागअनुसार खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ ।

लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ ।  कम्पनीबाट देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय÷बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तनहुँका स्थानीय तहलाई तीन अर्ब ८० करोड बजेट

  • १७ जेठ, २०७७

दमौली ।  सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि तनहुँ जिल्लालाई रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार

'महँगा विद्युतीय गाडीमा कर बढाएको हो, सस्तामा हैन' - अर्थमन्त्री खतिवडा 

  • १६ जेठ, २०७७

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७,७८ मा विद्युतीय सवारी साधन खरिद गर्दा थप कर तिर्नुपर्नेगरि करको दर बढाएपछि यस विषयमा चासो बढिरहेको थियो । ईन्धन

हरेक प्रदेशमा २ राष्ट्रिय राजमार्ग पुग्ने, भौतिक पूर्वाधारमा १ खर्ब ३८ अर्ब बजेट

  • १५ जेठ, २०७७

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भौतिक पूर्वधार मन्त्रालय अन्तरगत आगामी वर्षका लागि १ खर्ब ३८ अर्ब बजेट विनियोजन गरेका छन् । आगामी वर्षको