हरेक प्रदेशमा २ राष्ट्रिय राजमार्ग पुग्ने, भौतिक पूर्वाधारमा १ खर्ब ३८ अर्ब बजेट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भौतिक पूर्वधार मन्त्रालय अन्तरगत आगामी वर्षका लागि १ खर्ब ३८ अर्ब बजेट विनियोजन गरेका छन् ।

आगामी वर्षको बजेट संसदमा पेश गर्दै उनले हरेक प्रदेशमा २ राष्ट्रिय राजमार्ग पुग्ने गरी काम अगाडी बढाइने घोषणा गरेका हुन् । पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको विस्तारको लागि १२ अर्व २१ करोड विनियोजन गरिएको छ ।  मध्यपहाडी पुष्पलाल लोकमार्ग निमार्णको लागि ८ अर्व २७ करोड विनियोजन गरिएको छ ।  हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सक्नको लागि आगामी वर्षको लागि ७ अर्व १ विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्ग लाई ५ वर्षमा सक्ने गरी ३ अर्व ७ करोड विनियोजन गरिएको छ ।

काठमाडौं–मधेश द्रुर्त मार्ग ३ वर्ष्भित्र सम्पन्न गर्ने गरी ८ अर्व ३ करोड बजेट विनियोजन गरिएको छ । आगमी वर्ष उक्त सडकमा पर्ने जटिल पुल तथा सुरुङको निमार्ण कार्य अघि बढाउने उल्लेख गरेको छ । पूर्व–पश्चिम राजमार्गको लागि १ अर्व ९६ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री खतिवडाले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको बताउनुभयो । उहाले  नारायणी, कोशी र कर्णाली नदीमा जल यातायात सञ्चालको लागि सम्भाव्यता अध्ययन गर्ने बताए । नेपालको ध्वजाबाहक पानीजहाजको भारतको आन्तरिक जलमार्गको प्रयोग गर्ने उहाको भनाई छ । उहाले भूकम्पपछिको पूननिर्माणलाई तिव्रता दिइने बताए । 

उनले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताए । प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा योजना छनौट गरिने कार्यक्रमका लागि सरकारले ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर