• बुधबार ३-२४-२०७७/Wednesday 07-08-2020/ 10:06 am

महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ

कञ्चनपुर ।  कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ । बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ ।
 
मङ्गलबारदेखि कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका सात जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ । आठ कोरोना सङ्क्रमित कञ्चनपुरका रहेका छन् । कारोना सङ्क्रमित सबै जना भारतबाट फर्केका व्यक्ति हुन् ।
 
कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा सरोज आर्चायले बताए । उनका अनुसार अस्पतालमा कोरोना शङ्कास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ । डा आर्चायले भने, “पिसीआर परीक्षणको नतिजा आउन ढिलाइ हुँदा बिरामीलाई राख्न समस्या भएको छ ।”

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० श्ययाको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा दासमेत समस्या भएको छ ।

 महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन । सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना जितेर घर फर्केका युवकले आत्महत्या गरे

  • २३ असार, २०७७

पाल्पा । पाल्पामा कोरोना जितेर घर फर्किएका एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षिय युवाले कोरोना जितेर घर

जनकपुरधाममा फोहोर व्यवस्थापनका लागि जग्गा अभाव, नगर दुर्गन्धित [फोटोफिचर]

  • २३ असार, २०७७

जनकपुरधाम । जनकपुरधामको नगर भित्रको सडकहरु अहिले चिल्ला भईसकेका छन् । सडकहरु त चिल्ला छन् तर विगत केही दिनयता देखि फोहोर उठ्न नसक्दा नगरका मुख्य बजार

बजेट आएको तीन सातासम्म चल्न सकेन प्रदेशसभा, प्रतिपक्षीको अवरोध जारी 

  • २३ असार, २०७७

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार सातौं पटक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले