प्रदेश २ सरकारको बजेट ३३ अर्ब ५६ करोड 

जनकपुरधाम । प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/०७८का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका छन् । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले  ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । 

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट मध्ये चालू तर्फ ४५।९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूजिगत तर्फ ५३.६७ अर्थात १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वितिय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर