• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 09:39 am

काठमाडौै महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे छ । बुधबार बसेकाे महानगरपालिकाकाे नगरसभाकाे साताैं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ कराेड ७३ लाख २६ हजार रुपैंयाकाे बजेट सार्वजनिक गरेकी हुन् । 

काठमाडौं महानगरले ल्याएकाे उक्त बजेटमा ५ अर्ब ७७ कराेड रुपैंया पूर्वाधारमा, २ अर्ब ५७ कराेड सशर्त याेजना तथा कार्यक्रममा, १ अर्ब ७४ कराेड प्रशासनिक खर्चमा, सामाजिक विकासमा १ अर्ब ५० कराेड, सम्पदा संरक्षणमा १ अर्ब ३४ कराेड खर्च हुने अनुमान गरिएकाे छ । 

उक्त खर्चकाे लागि आन्तरिक स्राेतबाट ४१.१९ ले हुने ६ अर्ब ७६ कराेड, माथिल्ला सरकारकाे निशर्त ८.६७ अनुदान १ अर्ब ४२ कराेड, सशर्त अनुदानतर्फ १५.६८ प्रतिशतले हुने २ अर्ब ५७ कराेड, बैंक माैज्दाततर्फ २१.३१ प्रतिशतले हुने ३ अर्ब ५० कराेड र बाँकी सामाजिक सुरक्षा भत्ता, मनाेहरा र चमती जग्गा एकीकरण आयाेजनाबाट जुटाइने अनुमान गरिएकाे छ । 

अधिवेशनमा महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरले ४ गते नीति तथा कार्यक्रम ल्याएकाे र साेही अनुसार अाज बजेट प्रस्तुत गरेकाे भन्दै सदस्यहरुलाई अध्ययन गर्न दिएर छलफलका लागि १ सातापछि अर्काे बैठक बस्ने बताए ।

अघिल्लो वर्ष महानगरकाे बजेट १५ अर्ब ५० कराेडकाे थियाे । याे आधारमा महानगरकाे बजेट बढेकाे देखिए बैंकमा रहेकाे माैज्दातका कारण याे आकार ठूलाे देखिएकाे हाे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चोरी पैठारी गर्ने र नक्कली भ्याट बिल बनाउने ६ कम्पनीविरुद्ध ७७ करोडको मुद्दा

  • २५ असार, २०७७

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी र झुठो तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा ६ वटा कम्पनी

५४ अर्ब ऋण सहायता सरकारबाट स्वीकृत गर्ने निर्णय

  • २५ असार, २०७७

काठमाडौै । सरकारले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

नेप्से दोहोरो अङ्कले घट्यो

  • २४ असार, २०७७

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक