पश्चिम पाल्पामा एक सातादेखि विद्युत सेवा अवरुद्ध

पाल्पा । अविरल वर्षाका कारण पहिरोले पोल बगाएपछि पाल्पाका अधिकाँश बस्तीमा एकसातादेखि विद्युतसेवा अवरुद्ध भएको छ । विद्युत सेवा आपूर्ती हुन नसक्दा स्थानीयसंगै असार मसान्तमा कामको चापमा रहेका स्थानीय तहहरु पनि मारमा परेका छन् ।

एकसाता अघिदेखि विद्युत सेवा अवरुद्ध हुँदा पश्चिम पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका भित्रका सबै वडाका स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका हुन । निरन्तरको वर्षासंगै पहिरोले पोलहरु बगाएपछि विद्युतसेवा अवरुद्ध हुँदा संचार सेवा तथा लिफ्टिङ्ग मार्फत पानी तान्न समस्या भएपछि खानेपानीको समेत समस्या भएको स्थानीयको भनाई छ ।

एकातर्फ कोरोना भाइरसको महामारी छदा छदै वर्षा र पहिराको जोखिम बढेको  त्यसमाथी विद्युत सेवा पूर्ण रुपमा बन्द हुँदा आफूहरु अन्धकारमा बस्न परेको रिब्दीकोट बतासेका रामु खाम्चाले  बताए । 

विद्युतसेवा अवरुद्ध भएपछि स्थानीय मात्र नभएर असार मसान्तको कामको चापमा रहेका स्थानीय तहहरु पनि मारमा परेका छन् । 

विद्युत आपूर्ती भएपछि टेलिफोन र इन्टरनेट सेवा समेत अवरुद्ध हुँदा बजेज निर्माण गर्न तथा अनलाईनबाट भुक्तानीमा गर्न समस्या भएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषीराम अर्यालले बताए । गाउँपालिकाले सबै भुक्तानी अनलाई मार्फत दिने गरि व्यवस्था गरेको हुँदा विद्युत अवरुद्ध भएसंगै लष्यअनुसारको अपलब्धी हासिल गर्न नै समस्या थपिएको अर्यालले बताए ।

अधिकांश नयाँ सडकहरुमा पहिरोले पोल बगाएको हुँदा विद्युत सेवा सुचारु गर्न समस्या भएको नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ । पालपा वितरण केनद्रका प्रमुख सुशिल पौडेलका अनुसार पाल्पामा अधिकांश बस्तीहरुमा सयबढी पोल ढलेको हुँदा विदुत सुचारु गर्न समेत समय लागेको हो ।

पछिल्लो समय जिल्लाका स्थानीय तहहरुले सडक विस्तार गर्नेगरी खनिएका सडकहरुमा पहिरो खसेर पोलहरु ढलाउने उच्च जोखिम रहेको हुँदा सामान्य वर्षा भएपछि जिल्लाभर नै विद्युत सेवा अवरुद्ध हुने जोखिम रहेको पाल्पा वितरण केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर