दैनिक १ अर्ब कर उठदै, रित्तो ढुकुटीमा १७ दिनमा ४५ अर्ब राजस्व संकलन

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पछिल्लो १७ दिनमा ४५ अर्ब रुपैयाँ राजस्व संकलन गरेकाे छ । असार लागेसँगै दैनिक १ अर्बभन्दा बढी राजस्व उठेको छ । चैत ११ मा लकडाउन घोषणा भएसँगै कर तिर्ने समयलाई बैशाख हुँदै जेठ २५ सम्म सारिएको थियो । 

कोरोना भाइरस महामारीका कारण लकडाउन गरिएपछि व्यवसाय सञ्चालन नभएको भन्दै उद्योगी व्यापारीहरुले राजस्व तिरेका थिएनन् । सरकारले लकडाउन खुकुलो भएसँगै कर तिर्नका लागि सूचना जारी भएपछि सर्बोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र मात्र कर तिर्दा हुने व्यवस्था गरेको थियो । 

सार्वजनिक यातायात पूर्ण रुपमा संचालनमा आएपछि मात्र लकडाउन खुलेको भन्न सकिने सर्बोच्चको फैसला छ । सरकारले लकडाउन खुकुलो गरेपनि हटाएको छैन । यस आधारमा कर नतिर्दा जरिवाना लिन कर कार्यालयले सक्ने थिएन ।

ढुकुटी नै रित्तो भएपछि अर्थसचिव,राजस्व सचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक र राजस्वका कर्मचारीलाई ठूलो कारोबार गर्ने व्यवसायीलाई फोन नै गरेर कर तिर्न अनुरोध गरेका थिए ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३२ गतेसम्म ५ खर्ब ८८ अर्ब रुपैयाँ थियो । असार १७ गतेसम्म आइपुग्दा ६ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व उठेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर