अभिनेत्री साम्राज्ञीले लगाएको आरोप बिरुद्ध अनुसन्धानको माग गर्दै भुवन केसीद्वारा निवेदन दर्ता

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीबीचमा द्वन्द सुरु भएको छ । अभिनेत्री साम्रज्ञीले इन्स्ट्राग्राममा भिडियो पोस्ट गर्दै नेपाली फिल्म क्षेत्रमा अगाडी बढ्न खोज्दा शोषणको सिकार भएको कुरा खुलाएकी थिइन् । साथै उनले भूवन केसीलाई यौन शेषण गरेको आरोप लगाएकी थिइन् ।  यही विषयमा अभिनेता भूवन केसीले जुन थालमा खाएको त्यही थालमा कसरी थुक्न सकेको भन्दै सामाजिक सञ्जालमा पोस्ट सेयर गरेका थिए । 

यसरी सुरु भएको उनीहरुको द्वन्दमा साम्राज्ञाीले केही घण्टा अगाडी इन्स्टामा एउटा भिडियो पोष्ट गर्दै कानुकी परामर्श लिने बताएको थिइन त्यसको लगतै भुवन केसीले साम्राज्ञीलाई चेतावनी दिएकी छन् । उनले नेपाल कलाकारसंघ र कानुनलाई आफूलाई लागेको आरोपको बारेमा अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् । साम्राज्ञीलाई सम्बोधन गर्दै , आफुले नै फिल्ममा डेव्यु गराएको र पितासम्मान मान्छेलाई लान्छाना लाउने भन्ने प्रतिक्रिया दिएका छन् ।

भुवनले सामाजिक सञ्जालमा लेख्दै ,‘ सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति धन्यवादी हुनुहुन्छ भन्नेमा अपेक्षा गर्दछु । ’  उनले थप लेखेका छन् ६ बर्ष अगाडी प्रदर्शन भएर सुपर हिट भएको फिल्म ‘ड्रिम्स्’को कुरा अहिले नगर्न आग्रह गरेका छन् । फिल्म ड्रिम्सको सुटिङको क्रममा पानी खान पाइन, छाता ओड्न पाइन ,सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा आरोप नलाउन आग्रह गरेका छन् । उनले भनेका फिल्म चलेको ३ बर्ष पछि आएर आफु लगायत अरु निर्माताहरुलाई गाली गलौज गरेको देख्दा आश्चर्य लागेको बताए ।

उनले थप लेखेका छन्, ‘आफुलाई ब्रेकदिने पितातुल्य व्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्स्टाग्राममा भिडियो बनाइ पोस्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भिर ध्यान आकर्शन भएको छ ।’ उनले अभिनेत्री साम्राज्ञीलाई चेतावनी दिदैँ भने, ‘ अब उप्रान्त तपाईंले म भुवन के सीले विगत चालिस बर्षदेखी नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण गरी आजसम्म यहि चलचित्रको क्षेत्रमा रातदिन कार्यरत रही मैले हाँसिल गरेको मान प्रतिस्ठामा आघात पुग्नेगरी पुनः त्यस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनैपनि सामाजिक सञ्जालमा पोस्ट नगर्न, हुन सुचित गर्दछु !’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर